Gedichte

pihlajamäki / फिलायमेकी* / फिलायामेकी

pihlajamäki
Sie benötigen den Flashplayer , um dieses Video zu sehen

wachhaltung dämmerung hinter doppel
fenstern der hügel und ich
gespensterspiegel legierungen weiß
in weiß ein hautschnee und lust
lose schnitte die ebereschen
im linoleum des himmels
wie träume schmal
bei fallendem deckenlicht ich
wünsche nichts als die zukunft
der steppdecke deckenlichtdicht
komme sie auf mich zu ich
warte hier und was nicht noch
alles ältlicher husten
der an die schlafwand klopft
ein ausguss und kiefern tröpfe, arme
ich sage
anteeksi
und stoße rauch vom schwarzen balkon
ein stein sucht nicht rascher den grund

Judith Zander
फिलायमेकी*

बिहानै झ्याल खोल्नेबित्तिकै देख्छु बाहिर
ऐनाजस्तो रुग्रुगे पहाड़को भित्ता
नाङ्गा रूखका झर्कोलाग्दा दृश्यहरू
मेरो झ्यालमै ठोक्किएलान् झैं
आकाशको लिनोलियममा झुण्डिएका
सपनाझैं ससाना बत्ती
झरिहाल्लान् झैं
म केही चाहत्रँ
सिरकको न्यानोमा गुट्मुटिनुबाहेक
सिँढ़ी चढ़्छु त ठोक्किन आइपुग्छ मेरो भित्तामा
छिमेकी बूढ़ाको ख्याक् ख्याक् खोकी
हिउँ पग्लिएर धुप्पीबाट तप् तप् झर्दैछ
यता कमोटमा पानी तप्तपिएझैं
कठैबरा! म केही गर्न सक्दिनँ
आनटिक्सी+
बार्दलीमा उभिएर चुरोट पिउँछु
भुइँमा ढुङ्गा खसेकोभन्दा छिटो
म बार्दलीको कालो धूवाँसँग ठोक्किनपुग्छु

*   हेल्सिन्कीको एउटा ठाउँ
+ क्षमा पाऊँ

Übersetzung Nepali: Rajendra Bhandari

फिलायामेकी

प्रत्येक विहान आँखा खोल्दा
त्यही नाङ्गा रूखहरूको रूग्न पहाड़
ऐनामा प्रतिविम्बित त्यही भयावह दृश्यहरू
साना सपनाहरू झैं चाख नलाग्दा दृश्यहरू अनि
खस्नै लागेको सिलिङको बत्ती
अहो! म इच्छा गर्दिनँ केही
सिवाय सिरकमा गुट्मुटिन
पल्लो कोठामा बूढ़ाका एकोहोरो खोकी
मेरै कोठामा ढकढकाए झैं लाग्छ
कमटमा चुहुँदै गरेको पानी पनि धुप्पीको पातबाट
थोपाहरू तप् तप् खसे झैं लाग्छ
कठैबरा म भन्छु –
आन्टिक्सी१
अनि म बार्दलीमा उभिएर चुरोट पिउँछु
त्यसको धुँवा पनि
ढुङ्गाभन्दा चाड़ो भुइँमा ठोकिएझैं लाग्छ।

१ -  क्षमा पाउँ

Übersetzung Nepali: Sudha M. Rai

 

Biografie Judith Zander

Weitere Gedichte

anomalie /
Anomaly / Mak Dangdai / असङ्गति / अनियमितता


kurze sache /
Thil Awh Reilo / thilte nawi / हल्का लुगाफाटा / हल्का लुगाफाटाहरू


oder tau /
dai fim nge le / बिहानको शीत / बिहानको शीत